धनगढी, २१ भाद्र/यही भाद्र २८ गते हुने कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि ५० जनाको उम्मेदवारी परेको छ । ९ पदाधिकारी र १३ सदस्य गरेर २२ पदका लागि भइरहेको निर्वाचनमा २१ जनाले पदाधिकारी र २९ जनाले सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिका अनुसार शुक्रबार उम्मेदवारी दर्ता गरिएकोमा आज दाबीविरोधमाथि छानबिन, उम्मेदवारी फिर्ता र उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक गरेको छ । शुक्रबार भएको उम्मेदवारी दर्ता अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र पूर्व महासचिव रुपेश स्वाँर प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । ओझा र स्वाँरले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।
स्वाँर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त, एसोसिएट उपाध्यक्षमा अनिलकुमार भोजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी, वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्दको उम्मेदावरी परेको छ ।
स्वाँर प्यानलबाट सदस्यमा रुपेश खड्का, अम्बिका भण्डारी, मिलन कुँवर, प्रेमबहादुर धामी, भगतबहादुर थापा, नेत्रप्रसाद तिवारी, देवराज जोशी, तेज बम, शुभ शंकर ठाकुर, दिपक बहादुर राठोर, अमर बहादुर चोखाल, प्रमिला पाठक र मन्जु भट्टले उम्मेदवारी दिएका छन ।
ओझा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ओमबहादुर बिष्ट, उद्योग उपाध्यक्षमा बासुदेव भट्ट, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा भीमराज ओझा, महासचिवमा दिनेश लम्साल, सचिवमा कृष्णाकुमारी बिष्ट र कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायतको उम्मेदवारी परेको छ ।
ओझा प्यानलबाट सदस्यमा अजय पाण्डेय, बम बहादुर कुवँर, ध्रुब राज दहाल, कमला भट्टराई, पदम बहादुर सिंह, प्रजापति जोशी, रेखा बास्तोला, सुरज बहादुर रैका, सुरेश सापकोटा, तर्कराज भट्ट, टेक बहादुर खड्का, बिन्दु सुनार र अनुप भण्डारीले मनोनयन दर्ता गरेका छन् ।
निर्वाचनमा तीन पदाधिकारी र तीन सदस्यसहित ६ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्षमा पदम सुरेन्द्र राठी, एसोसिएट उपाध्यक्षमा कविन्द्र पन्त र सचिवमा कोपिला कुँवर स्वतन्त्र रुपमा चुनावी मैदानमा रहेका छन् । नेतृत्व चयनका लागि निर्वाचनमा दुई हजार २७४ जना मतदाता रहेका छन् ।