धनगढी, १८ भाद्र/यहि भाद्र २८ गते हुने कैलाली उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन संयोजक पदम सिंह कुँवरले सार्वजनिक गरेको निर्वाचन सम्बन्धी कार्यतालिका अनुसार मतदाताको पहिलो नामावली प्रकाशन भाद्र १६ गते निर्धारण गरिएको छ । १९ गते मतदाता नामावली उपर दाबी विरोध, अन्तिम नामावली प्रकाशन भाद्र १९ गते तोकिएको छ । उम्मेदवारी दरखास्त, उम्मेदवारीको नामावली प्रकाशन र नामावली माथि दाबी विरोध २१ गते निर्धारण गरिएको छ ।
भाद्र २१ गते दाबी विरोध माथि छानबिन गरी नामावली प्रकाशन, उम्मेदवारी फिर्ता, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ । भाद्र २८ गते बिहान १० बजेदेखि ६ बजेसम्म मतदान हुने कार्यतालिकामा रहेको छ ।