धनगढी, १४ भाद्र/स्टेपिङ्ग स्टोन तेक्वाण्डो डोजाङ्गको जुनियर बेल्ट ग्रेडिङ्ग भएको छ । नेपाल तेक्वाण्डो संघ मातहतको स्टेपिङ्ग स्टोन तेक्वाण्डो डोजाङ्गको जुनियर बेल्ड ग्रेडिङ्गमा एक सय ५ जना खेलाडीहरुको सहभागिता रहेको जनाइएको छ । विद्यालयका भाइस प्रिन्सिपल, कोर्डिनेटर, अभिभावकहरुको उपस्थितिमा बेल्ट ग्रेडिङ्ग प्रमाण–पत्र वितरण गरिएको डोजाङ्गका प्रमुख आशिष चन्दले बताउनुभयो ।