भारतीय चोंगरेंगलाई पराजित गर्दै नेपालका रविन्द्र बने एमएफएन च्याम्पियन

धनगढी, १९ साउन/नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेका छन् । तेस्रो राउन्डमा ढाँटले कोरेनलाई नकआउट गर्दै जित हाँसिल गरेका हुन् ।
व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै ढाँटले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि हात पारेका छन् । म्याट्रिक्स फाइट नाइटमा साविक विजेता कोरेनलाई हराउँदै बान्टमवेट बेल्ट जितेपछि रविन्द्र ढाँटले आफ्नो प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई जित समर्पण गरे ।
नेपालको चर्चित एमएमए प्रतियोगिता नेपाल वारियर्स च्याम्पियनसिप (एनडब्लुसी) को संस्थापक समेत रहेका दिविजले नै रविन्द्रलाई लामो समयदेखि प्रशिक्षण तथा मेन्टरसिप गर्दै आएका छन् । ढाँट सुदूरपश्चिमेलीबासी हुन । उनको घर बझाङ जिल्लामा पर्दछ ।
चुंगरेङ कोरेन भारतीय २७ वर्षीय ५ फुट ८ इन्चका एसिया प्रशान्त क्षेत्रमा २६५ औं स्थानमा रहेका लडाकु हुन । कोरेन एसिया दक्षिणको एसिया प्रशान्त उप–क्षेत्रमा पनि छन्। उनी आफ्ना पछिल्ला ६ बाउटहरू मध्ये कम्तिमा २ पटक लडेका क्षेत्रहरूमा मात्र स्थानमा छन्।
कोरेनलाई प्रत्येक क्षेत्रमा ब्यान्टमवेटमा स्थान दिइएको छ, किनकि उनले आफ्ना पछिल्ला २ लडाइँहरूमा तौल वर्गमा कम्तिमा एक पटक लडेका थिए।
रवीन्द्र ढाँट संगको भिडन्त अगाडि उनले रविन्द्रको कन्फिडेन्स तोड्ने अनि रवीन्द्रलाई फाईटमा सजिलै पराजित गर्ने भनेर एक अन्तरवार्तामा भनेका थिए । तर, आज उनै कोरेनलाई रबिन्द्रले तेस्रो राउन्डमा नकआउट गर्दै जित हाँँसिल गरेर इतिहाँस रचेका छन

 

तपाईको प्रतिक्रिया