धनगढी, ३१ जेष्ठ/सुदूरपश्चिम प्रदेशस्तरिय गायन तथा नृत्य रियालिटि शो एसईई आईडल सिजन ४ को फाइनल भोली हुने भएको छ । असार १ गते धनगढीको ओम प्यालेसमा भव्य समारोहका बिच फाइनल हुने आयोजकले जनाएको छ ।
नृत्य र गायनका उत्कृष्ट १७÷१७ जना गरी दुई वटै बिधाका ३३ जना फाइनलमा भिड्ने छन् । ३१ साउन २०८१ बाट सुरु भएको एसईई आइडलको चौथो संस्करणमा सुदूरपश्चिमका २२ स्थानमा अडिसन आयोजना भएको थियो । गत सालको फागुनसम्म भएका अडिसनबाट उत्कृष्ट ६७ जनले सेमिफाइनलमा स्थान बनाएका थिए ।
बैशाख २० गते सम्पन्न सेमिफाइनलबाट ३३ जनाले फाइनलमा ठाउँ बनाएका थिए । सुदूरपश्चिम भरीका बिभिन्न बिद्यालयका एसईई दिने बिद्यार्थीहरुको सहभागीता अडिसन भएको थियो । उनीहरुमा भएको कला र क्षमताको विकासमा थप टेवा पु¥याउने उदेश्यले यो कार्यक्रम गरिदैं आइरहेको आयोजकले जनाएको छ ।
फाइनलमा दुबै बिधाका गरी विजेतालाई ७५/७५ हजार र उप–विजेतालाई ३०/३० हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । साथै उनीहरुलाई कक्षा ११ र १२ मा छात्रवृत्ती समेत उपलब्ध गराइने बताइएको छ ।