असार ५ गतेदेखि धनगढीमा सन्ध्याकालीन सांस्कृतिक मिनि मेला हुने (यी कलाकारको बेजोड प्रस्तुति रहने)

धनगढी, ३० जेष्ठ/धनगढीमा दोश्रो सन्ध्याकालीन सांस्कृतिक मिनि मेला २०८२ हुने भएको छ । ‘पर्यटन संस्कृति खेल र व्यापार, सुदूरपश्चिम विकासको आधार’ भन्ने नाराका साथ असार ५ गतेदेखि धनगढी उपमहानगरपालिका–१, पशुपति टोल (सुदूरपश्चिम महोत्सव स्थल) मा हुने आयोजक द टुविन्स अ कम्पिलिट ईन्स्टिच्युट अफ डान्सले आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो ।
असार २१ गतेसम्म हुने मिनि मेला दिउँसो २ बजेदेखि राती १० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
दोश्रो सन्ध्याकालीन सांस्कृतिक मिनि मेलाका संयोजक गुणाकर पनेरुले अघिल्लो मेलाभन्दा यो मेलामा केही फरक तरिकाले गर्न लागेको बताउनुभयो । संयोजक पनेरुले यो मेलामा सुदूरपश्चिम बाहिरका कलाकारलाई समेत स्थान दिइएको बताउँनुभयो । अघिल्लो मेलामा प्रवेश निशुल्क गरिएकोमा यो वर्ष केही दिन निशुल्क र केही दिन सशुल्क प्रवेशको व्यवस्था गरिएको बताउँदै संयोजक पनेरुले प्रवेश शुल्क एक सय तोकिएकोमा विद्यार्थीलाई ५० प्रतिशत छुट र जेष्ठ नागरिकलाई प्रवेश निशुल्क गरिएको बताउँनुभयो ।
मेलामा गायक बद्री पंगेनी, रामजी खाँण, ज्याति मगर, दुर्गेस थापा, प्रकाश सपुत, चक्र बम, एलिना चौहानटंक तिमिल्सीना, राज कुश्मी, सोनु कुश्मी, रेखा जोशी, अन्जु कुश्मी लगायत ४३ जनाको बेजोड प्रस्तुती रहने बताइएको छ ।
भावना एम्युजमेन्ट प्रा.लिको व्यवस्थापनमा हुने मेलाको मुख्य प्रवद्र्धक सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र संरक्षक धनगढी उपमहानगरपालिका वडा नम्बर १ रहेको छ ।
मेलामा स्थानिय नृत्य केन्द्रहरु, विद्यालय नृत्यु प्रतियोगिता, बाल उद्यान र खेल सामाग्रीका साथै बिभिन्न स्टलहरु रहेन आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया