प्रदेश स्तरीय होमस्टे महोत्सव : आम्दानी १५ लाख ६० हजार, खर्च १५ लाख ६१ हजार

धनगढी, ११ जेष्ठ/सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ । धनगढी उपमहानगरपालिका–१६ स्थित थारु होमस्टे गाउँभादा पर्यटन विकास तथा व्यवस्थापन समितिले बैशाख १८ देखि २० गतेसम्म सञ्चालन गरेको महोत्सवको पत्रकार सम्मेलनमार्फत आयव्यय सार्वजनिक गरिएको हो ।
पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले आयव्यय प्रस्तुत गर्दै महोत्सव सम्पन्न गर्न विभिन्न निकायबाट रु १५ लाख ६० हजार प्राप्त भएको बताए । प्रदेश पर्यटन विकास कार्यक्रम कार्यन्वयक इकाइबाट रु १५ लाख, जेडएसएल कञ्चनपुरबाट ३० हजार, कृषि विकास वैंक धनगढी क्याम्पस चोक शाखाबाट १० हजार, डिभिजन वन कार्यालय कैलालीबाट १० हजार र नेपाल पंछी संरक्षण संघबाट १० हजार प्राप्त भएको अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताउनुभयो । महोत्सव सम्पन्न गर्न १५ लाख ६१ हजार २६६ खर्च भएको अध्यक्ष चौधरीको भनाई छ । मञ्च, स्टेज सजावत, गेट निर्माण स्थल तथा सम्पूर्ण तेन्ट सामाग्री र साउण्ड सिस्टममा ३ लाख ४५ हजार ७८० रुपैयाँ, मायाको चिनो, प्रमाण पत्र, प्रशंसा पत्र, सम्मान पत्र, ब्याज, माला र खादा ८७ हजार ५३० रुपैयाँ, प्रचार प्रसार टिभि, पत्रपत्रिका ५० हजार रुपैयाँ, सांस्कृतिक कार्यक्रम हिमाल, पहाड, तराइएको टोली आतेजाते २ लाख २५ हजार रुपैयाँ, खाजा खाना र आवास विभिन्न होमस्टेबाट आएका सहभागीहरु र कलाकार तथा पाहुनाहरुलाई ५ लाख ३० हजार लगायतमा सो रकम खर्च भएको चौधरीको भनाई छ ।


प्रदेशका विभिन्न जातजाति तथा समुदायले सञ्चालन गरेका होमस्टेको बजारीकरण तथा व्यवसायिकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँको भनाई छ ।
विभिन्न जातजाति तथा समुदायका परम्परा, संस्कार, संस्कृति, खानपान, भेषभुषा, सीपकला, प्राकृतिक सम्पदा, पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा प्रदेशको पहिचान होमस्टे पर्यटन व्यवसायमार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्याउने महोत्सवको मुख्य उद्देश्य रहेको जनाइएको छ । होमस्टे (घरबास) महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको समन्वय भएको महोत्सवको प्रवद्र्धन प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढी रहेको थियो ।

 

तपाईको प्रतिक्रिया