धनगढी, २ जेष्ठ/प्रहरी उपरीक्षक बाल नरसिंह राणा प्रहरी कमाण्डर मात्र होइनन् नायक, स्क्रीप्ट र गितका लेखक समेत हुन । ‘द गेम’ फिल्मका राइटर समेत रहेका राणा फिल्मका नायक पनि हुन् । बचपनदेखि कि त हिरो बन्ने कि त पुलिस बन्ने सपना बोकेका राणा ‘नायक’ पनि बने ‘पुलिस’ पनि भए । प्रहरी उपरीक्षक राणा अहिले कैलाली प्रहरी प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।
‘बच्चैदेखि मेरो रहर थियो कि हिरो बन्छु कि त पुलिस बन्छु’ मिठो मुस्कानसहित राणाले भन्नुभयो, ‘दुई तै बन्न पाए । मेरो हजुर फिल्मबाट डेब्बु गरेको । त्यहाँ सानो प्रहरी इन्सपेक्टरको रोल ग–या थिए । यता इन्सपेक्टरमा पनि नाम निस्कियो ।’
राणाले सुखदुःख, मुग्लानजस्ता फिल्ममा अभिनय गर्नुभयो । त्यसपछि आफ्नै प्रोडक्समा द गेममा अभिनय गरे राणाले भन्नुभयो, ‘त्यसमा मेरो श्रीमती डाइरेक्टर हुनुहुन्थ्यो । उहाँ अहिले डाइरेक्टर एशोसियनको निवर्तमान अध्यक्ष हुनुहुन्छ । अनि म त तिम्रै हो नि फिल्ममा अभियन गरे ।’ मेरो लाष्ट फिल्म नेपालकै सबैभन्दा फ्लप फिल्म हो जसमा मैले अभिनय गर्ने अवसर पाए । फिल्म नमेटिने घाउ । सुन्नुभएको होला नाम उहाँले प्रश्न गर्नुभयो ।
पुलिस भए । पुलिस भएपछि विवाह गर्ने बेला भयो । चलचित्र लाइनकै श्रीमती परिन् । मिठो मुस्कानसहित उहाँले भन्नुभयो, लभ म्यारिज पनि होइन । मागी विवाह भएको । फाल्गुन २५ गते हेरे ३० गते विवाह भयो ।
द गेम फिल्मको स्क्रीप्ट राइटर पनि म आफै हो । गी पनि म आफै लेख्छु । अहिले फुर्सद नभएर यो लाइनबाट अलि टाढा हो कि जस्तो भया छ प्रहरी उपरीक्षक बाल नरसिंह राणाले भन्नुभयो । राणाले सुदूरपश्चिमको भाषा, कला, साहित्य, पर्यटन र चलचित्र क्षेत्रको विकासमा सरोकारवासंग धनगढीमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा सो कुरा खुलाएका हुन् ।