धनगढी, २६ वैशाख/नेपाली समाज भारतले प्रवासी नेपालीहरुलाई सावधानी अपनाउन अनुरोध गरेको छ । नेपाली समाज भारतले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै भारत र पाकिस्तानबीच चर्किदो सम्बन्ध तथा सम्भावित तनावपूर्ण परिस्थितिको पृष्ठभूमिमा भारतभर रहेका तथा विशेषगरी सीमावर्ती क्षेत्रहरुमा बसोबास वा भ्रमणमा रहेका नेपालीहरुलाई सावधानि अपनाउन अनुरोध गरेको हो ।
अध्यक्ष चक्रबहादुर मलाती र महासचिव आर.बी. खड्काले हस्ताक्षर गरिएको विज्ञप्तीमा भारत सरकार, नेपाल सरकार तथा नेपाली दूतावास नयाँ दिल्लीबाट जारी हुने आधिकारी सूचता तथा निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्न अनुरोध गरिएको छ ।
विज्ञप्तीमा भारत–पाकिस्तान सीमावर्ती क्षेत्रहरूतर्फ अनावश्यक यात्रा नगर्न, युद्ध, धर्म लगायतका विषयमा सामाजिक सञ्जाल वा सार्वजनिक स्थानहरूमा कुनै पनि किसिमको टिप्पणी गर्दा अत्यधिक सावधानी अपनाउ, आफ्ना परिवार तथा आफन्तहरूसँग नियमित सम्पर्कमा रही आफू सुरक्षित रहेको जानकारी गराइरह, कुनै आपतकालीन अवस्था उत्पन्न भएमा नेपाली राजदूतावास न्यू दिल्ली,नेपाली समाज भारत केन्द्रीय कार्यालय, राज्य कार्यालय, नेपाली समाज भारतको प्रतिनिधिसँग तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ ।