राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको भित्तेपात्रो लोकार्पण

धनगढी, २५ वैशाख/राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेश समितिले नव वर्ष २०८२ सालको भित्तेपात्रो लोकार्पण गरेको छ । धनगढीमा एक विशेष कार्यक्रमका बिच भित्तेपात्रो लोकार्पण गरिएको हो ।
सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष पूर्णप्रसाद भाटको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक विक्रम सिंह धामीको प्रमुख आतिथ्यतामा तथा प्रतिष्ठानका प्रदेश सल्लाहकार संयोजक सुरत राउत ‘डोटेली कान्छा’ को विशेष आतिथ्यता भएको थियो ।

तपाईको प्रतिक्रिया