धनगढीमा ‘एसईई आइडल सिजन–४’ सेमिफाइनल

धनगढी, २१ वैशाख/सुदूरपश्चिम प्रदेशस्तरीय गायन तथा नृत्य रियालिटि शो ‘एसईई आइडल सिजन–४’ को सेमिफाइनल धनगढीमा भएको छ । एसईई दिने विद्यार्थीहरुमा भएको कला उजागर गर्न विगत ४ वर्षदेखि प्रतियोगिता हुँदै आइरहेको छ । गायन र नृत्य गरी २ विधाको शो सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यालयहरुमा अडिसन लिइएको थियो । दुबै विधाका उत्कृष्ट १५/१५ जनालाई फाइनलमा प्रवेश गराइएको छ । अडिसन राउण्ड पार गरेका प्रतिस्पर्धीलाई अघिल्लो राउण्डमा लैजान यो राउण्ड आयोजना गरिएको आयोजकले जनाएको छ ।
सेमिफाइनल राउण्डको नतिजा जेठ १ गते सार्वजनिक गरिने आयोजकले जनाएको छ । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले उद्घाटन गरिएको कार्यक्रममा नाष्ट कलेजका प्रवन्ध निर्देशक शिवहरी मुडभरी, एसपीए क्याम्पसका प्रमुख योगराज गौतम, एलायन्स इन्टरनेशनल स्कूलका अध्यक्ष उत्तम भण्डारी, चैतन्य पाठशालाका शिक्षक÷अभिभावक संघका अध्यक्ष इश्वर गिरीलगायतको उपस्थिती रहेको थियो । । सेमिफाइनल फिजिकल भोटिंग मार्फत पनि गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा एसईई र कक्षा १२ को परिक्षा दिएका विद्यार्थीहरुलाई निशुल्क नमस्तेको सिम दिइएको थियो । मुख्य प्रायोजक वाईवाई चाउचाउ रहेको कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान, रेडिकल, नेपाल टेलिकम लगायतले सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया