लोहपुरमा भजहर कप : नेपाल पुलिस र कर्मचारी ग्रुप विजयी

धनगढी, १९ वैशाख/कैलालीमा जारी पाँचौ भजहर कप फुटवबल प्रतियोगिताको दोश्रो दिन भएको खेलमा नेपाल पुलियस क्लव धनगढी र कर्मचारी ग्रुप विजयी भएका छन् । जिल्लाको कैलारी गाउँपालिका–८, लोहरपुरमा भइरहेको निसर्ग हस्पिटल पाचौं भजहर कप फुटबल प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा नेपाल पुलिस धनगढी र दोश्रो खेलमा कर्मचारी ग्रुप विजयी भएको हो । जितसंगै दुई वटै टिम क्वाटर फाईनल प्रवेश गरेका छन् ।
श्री युवा जनहित क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा नेपाल पुलिस क्लब धनगढीले जाखौर बाबा युवा क्लब मनेहरालाई हराउँदै अन्तिम आठमा स्थान बनाएको छ । पुलिसले जाखौर बाबालाई ३–१ ले हराएर क्वाटरफाईनलमा स्थान बनाएको हो । दोस्रो खेलमा कर्मचारी ग्रुप धनगढीले भुमी युवा क्लब बनकट्टालाई हराएर क्वाटरफाईनल पुगेको छ । कर्मचारी ग्रुपले भुमी युवा क्लबलाई ३–१ ले हराएर अघिल्लो चरणमा पुगेको हो ।
वैशाख २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए । प्रतियोगितामा १६ टीमको सहभागीता रहेको छ ।
थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ ।

तपाईको प्रतिक्रिया