धनगढी, २२ चैत/नयाँ वर्ष २०८२ लाई विशेष पर्वको रुपमा मनाउन धनगढीमा रहेको होटल पौवाले नयाँ वर्षको पूर्वसन्ध्यामा सांगितीक कार्यक्रम गर्ने भएको छ । पुरानो सालको विदाई र नयाँ सालको स्वागत गर्दै होटल पौवाले विशेष सांगितीक कार्यक्रम गर्ने जनाएको छ ।
होटल पौवाका धनगढी शाखाका व्यवस्थापक प्रमुख महेश सिंहले चैत ३१ गते साँझ आयोजना हुने कार्यक्रममा थारु संस्कृतिमा आधारित साँगितीक कार्यक्रमको थालनी गर्दै राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने बताउनुभयो । व्यवस्थापक प्रमुख सिंहका अनुसार कार्यक्रम स्थलमा १०० रुपैयाँदेखि पौवाका परिकारहरु लिन सकिने जानकारी दिनुभयो । ९ वर्षअघि लुम्बिनीबाट पहिलो यात्रा सुरु गरेको होटल पौवाको १८ शाखा रहेका छन् ।