धनगढी, २९ फागुन/रानाथारु होरी विशेष कार्यक्रम २०८१ धनगढीमा भएको छ । ‘संस्कृति बचाउन शिक्षितको गरौं सम्मान, लागुऔषध त्यागौं समाज बनाउन देउ ध्यान’ भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका–७, देवहरियामा होरी विशेष कार्यक्रम भएको हो । देवहरीया गाउँले आयोजना गरेको कार्यक्रममा सांस्कृतिक झाँकी, राना थारु होरी नाच, ठडिया नाचका साथै कलाकार लक्ष्मी राना, अञ्जली राना, रामदेव राना, खडक राना, राम आसरे राना र पार्वती रानाको बेजोड प्रस्तुती रहेको थियो ।
भलमन्सा जगन्नाथ रानाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर जीवन राना रहेका थिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष मोति राना, निवर्तमान अध्यक्ष सिताराम राना, वडा नम्बर १७ का अध्यक्ष माधवराज राना, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढीका अध्यक्ष तिर्थराज पन्त, नेपाल राना थारु समाजका अध्यक्ष रवि रानालगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा देवहरिया गाउँका स्नातक उत्तीर्ण विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।