धनगढी, २६ फागुन/नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी आउने भएका छन। काँग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवा धनगढी आउने भएका हुन। काँग्रेस, सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि आज बिहान ९ः३० बजे देउवा धनगढी विमानस्थलमा पुग्ने बताइएको छ ।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका प्रवक्ता सुरत रावतले आज बिहान सभापति देउवा, महामन्त्रीद्धय गगनकुमार थापा, विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरू आउन लागेको बताए। धनगढी उपमहानगरपालिका–४ सहिद गेट नजिक रहेको सौराई पार्टी प्यालेसमा काँग्रेसको प्रदेश सम्मेलन हुँदैछ। पार्टी सभापति देउवाले भोली हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको पनि उद्घाटन गर्ने बताइएको छ ।