पर्यटन महोत्सवबाट सुदूरपश्चिम प्रदेश सरकारले हात झिकेपछि….

धनगढी, २६ फागुन/सुदूरपश्चिम प्रदेश संसदीय समिति र पर्यटन व्यवसायी बिचको द्वन्द्वका कारण धनगढीमा आयोजना हुने पर्यटन महोत्सव प्रभावित हुने देखिएको छ । संसदिय समितिले मुख्यमन्त्रीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरि महोत्सव सञ्चालन गर्न निर्देशन दिएपछि पर्यटन व्यवसायीहरु आक्रोसित बनेका छन् । आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले सरकारले नीजि क्षेत्रलाई विभिन्न बहानामा निरुत्साहित गर्ने र व्यवसायीहरुको योग्दानलाई कमजोर बनाउने निर्णय गरेको भन्दै महोत्सवलाई आफुहरुले साथ र सहयोग नगर्ने घोषणा गरेका हुन् ।
‘हामीले महोत्सवलाई सफल बनाउन भारतको उत्तर प्रदेश, उत्तराखण्ड तथा दिल्लीका ट्राभल तथा होटल व्यवसायीहरुसंग कार्यक्रमको आयोजना गरि औपचारिक निमन्त्रणा समेत गरिसकेका छौं’ महोत्सव मुल समारोह समितिका संयोजक केशबदत्त पाण्डेयले भने –‘संसदिय समितिको निर्देशनले हामी व्यवसायीहरुको हतोत्साहित बनाएको छ । कोभिड महामारीपछि पर्यटन व्यवसायी धरासायी भइरहेको अवस्थामा सरकारले प्रोत्साहित गर्नुभन्दा पनि निरुत्साहित गर्ने कार्य गरेकोमा गम्भिर आपत्तीका साथै यस किसिमका कार्यको घोर भत्र्सना गर्दछौं ।’
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवको अध्यक्षतामा माघ ४ गते बसेको बैठकले पर्यटन तथा होटल व्यवसायी केशवदत्त पाण्डेयको संयोजकत्वमा विभिन्न संघ–संस्थाको प्रतिनिधित्व हुने गरि १० सदस्यीय मुल आयोजक समारोह समिति गठन गरेको उनको भनाई छ ।
उनले पर्यटन बोर्डबाट पनि थप लगानी हुने गरि समितिले कार्य गरेको बताउँदै –‘प्रदेश सरकारको ४० लाख र पर्यटन बोर्डबाट थप ३० लाख रकम दिने सम्झौता समेत भइसकेको थियो । तर, २०८१ माघ २७ गते प्रदेश सरकारको अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिको बैठकले नीजिक्षेत्रलाई समारोहबाट बाहिर राखी प्रदेश सभा सदस्यहरुको संलग्नतामा सप्ताहव्यापी मेला आयोजना गर्ने प्रस्ताव अघि सारेको पाइयो ।’
उनले संसदिय दलको निर्देशन गैरजिम्मेवार र नीजि क्षेत्रलाई कमजोर बनाउने खालको रहेको बताए । उनीहरुले सरकारलेनै आयोजना गरेको खप्तड सम्मेलनले उपलब्धी ल्याउन नसकेको बताउँदै –‘खप्तड सम्मेलनमा सकारले त्यति ठुलो लगानी ग¥यो तर, त्यसको उपलब्धी पनि देखिएन । प्रदेश सभा सदस्यहरुको आन्तरिक द्वन्द्वका कारण व्यवसायीहरुले मार खेप्नुपरिरहेको छ ।’
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा ‘प्रदेश पर्यटन महोत्सव २०८१’ आयोजना गर्ने तयारी अघि बढाउँदै गर्दा नीजि क्षेत्रले सहयोग नगर्ने भएपछि महोत्स सञ्चालनमा अन्यौलता सृजना भएको छ । यहि चैत ४ देखि ६ गतेसम्म महोत्सव सञ्चालन गर्ने योजना मन्त्रालयले गरेको थियो ।
विषयगत समितिका सभापति घनश्याम चौधरीले संसदीय समितिले मन्त्रालयसंग महोत्सवबारे स्पष्ट जवाफ मागेको बताउँनुभयो । उहाँले अहिलेसम्म जवाफ नआएको बताउनुभयो । म सभापति भएपछि अहिलेसम्म बैठक बसेको छैन । अब बैठक बसाउने तयारीमा छु उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया