धनगढी, २५ फागुन/सुदूरपश्चिम प्रदेश सभा सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको प्रत्यक्ष प्रशारण रोकेको छ । प्रधानमन्त्री ओलीले अहिले प्रदेश सभामा सम्बोधन गरिरहेको भएपनि प्रदेश सभा सचिवालयले सचिवालयको आधिकारीक युट्युब च्यानलबाट हुने प्रत्यक्ष प्रशारण रोकेको छ ।
संसदमा हुने गतिविधी प्रत्यक्ष प्रशारण गर्ने प्रचलन भएपनि सुदूरपश्चिममा भने प्रधानमन्त्रीकै सम्बोधनमा रोकिएको हो । सचिवालयले नेपाल टेलिकमको अप्टिकल फाईबर लाइन काटिएका कारण इन्टरनेटमा समस्या आएकाले प्रधानमन्त्रीको प्रत्यक्ष प्रशारण रोकिएको दाबी गरेको छ । तर, नेपाल टेलिकम धनगढीले भने अहिलेसम्म कतै अप्टिकल फाईबार काटिएको जानकारी नआएको जनाएको छ ।