चैतन्य पाठशालाले मनायो ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस

धनगढी, २४ फागुन/धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको चैतन्य पाठशालाले ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘चैतन्य आमा अभिभावकहरुका लागि शुभकामना आदान–प्रदान गरेको छ । विद्यालयकी अभिभावक जेष्ठ नागरिक बिष्णुदेवी थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी धनगढी उपमहानगरपालिकाकी निवर्तमान नगर उप–प्रमुख सुशिला मिश्र रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै निवर्तमान उपमेयर सुशिला मिश्रले आमाबाबुको लवाई, खवाई, गराई र छिमेकीसंग गर्ने व्यवहार हेरीरहेका हुन्छन् त्यही देखेर बालबालिकाहरुले सिक्ने हुँदा लवाई, खवाई र गराई र छिमेकी तथा घरमा आउनेसंग राम्रो व्यवहार गर्नुपर्ने बताउनुभयो । उहाँले अनलाईन र यूट्यूबाट समेत धेरै कुरा सिक्न सकिने बताउनुभयो ।


चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले चैतन्य पाठशालाले बालबालिकाहरुलाई हरेक तरिकाको ज्ञान, सिप, क्षमता र प्रेरणाको वातावरण सिर्जना गर्दै आएको बताउनुभयो । अध्यक्ष जोशीले हरेक बालबालिकालाई बुवाको संघर्ष र आमाको करुणा सिकाउँदै त्यसलाई आत्मसात गर्ने चेतनाको विकास गर्ने, त्योभन्दा ठूलो शिक्षा संसारमा केही पनि हुन नसक्ने बताउँनुभयो । कार्यक्रममा ठूलो संख्यामा अभिभावहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया