अत्तरियाबाट २ युवतीसहित तीन जना पक्राउ

धनगढी, २४ फागुन/प्रहरीले कैलालीको अत्तरियाबाट २ युवतीसहित तीन जनालाई पक्राउ गरेको छ । गए राति गोदावरी नगरपालिका–२, अत्तरियाको पहाड रोडबाट लागुऔषध खैरो हेरोइनसहित २ युवती र एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका– १८ घर भई हाल गोदावरी नगरपालिका–२ मा भाडामा कोठामा बस्दै आएकी २५ वर्षीय ट्युङ्कल शाह, बझाङको जयपृथ्बी नगरपालिका–७ की ३५ वर्षीय अनु मल्ल र दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का २० वर्षीय सागर ठगुन्ना पक्राउ परेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका अनुसार ट्युङ्कल शाहको कोठाबाट १ ग्राम ४६० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित तीनै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया