धनगढी, २३ फागुन/नेपालमा जातिय तथा लैङ्गिकतामा आधारमा महिला र बालबालिकामाथी हुने हिंसा र संचार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम धनगढीमा भएको छ । सबै महिला तथा बालबालिकाको लागि अधिकार समानता र सशक्तीकरण भन्ने नाराका साथ ११५ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा पत्रकारहरुसंग अन्तरक्रिया गरिएको हो ।
दलित महिला संघ (फेडो) कैलालीले कार्यक्रमको आयोजना गरेको हो । संस्थाका अध्यक्ष सबिना सुनारको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा रहेका थिए । फेडोका जिल्ला संयोजक विनोद कुमार घिमिरेले महिला र बालिका माथि हुने हिंसाको अवस्था र वर्तमान अवस्थाका घटनाक्रम, प्रदेशगत तथ्याङ्क, घरेलु हिंसा, बलात्कार प्रयासका घटनाको विवरण र चुनौतीहरुबारे जानकारी गराएका थिए ।