अत्तरिया, २२ फागुन/अत्तरिया नो लाईटका कर्मचारीमाथी खुकुरी प्रहार भएको छ । प्रहरीका अनुसार अत्तरिया नो लाईटका कर्मचारी सुन्दरलाल चौधरी माथी खुकुरी प्रहार भएको हो । आज बिहान कार्यालय अगाडि अज्ञात समूहले खुकुरी प्रहार गरेको हो । खुकुरी प्रहारबाट चौधरीको टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले घाइतेलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाईएको बताए । उनले खुकुरी प्रहार गर्ने फरार रहेको र खोजी कार्य जारी रहेको बताए । स्थानीयका अनुसार ३ वटा मोटरसाईकलमा आएका ६ जनाले कार्यालय अगाडि उभिएका चौधरी माथी खुकुरी प्रहार गरेका थिए ।