धनगढी, २१ फागुन/पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धि सिकाई आदान प्रदान कार्यशाला धनगढीमा भएको छ । प्रकोप व्यवस्थापन समाज नेपाल (डिपी नेट नेपाल) को समन्वय तथा सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा आरी घोप्टे वर्षा बारेमा जल तथा मौसम विज्ञान विभाग, महाकाली फिल्ड बेसीन कार्यालयका प्रमुख ईन्जिनियर सञ्जय शाहले प्रस्तुत गर्नुभएको कार्यक्रममा डिपिनेटका अध्यक्ष डा. राजु थापाले आगलागी सम्बन्धी प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा दोदाधारा चाँदनी नगरपालिकाका विपद् फोकल पर्सन अमृत बि.क., भीमदत्त नगरपालिकाका मनोज भट्ट, परशुराम चगरपालिकाका हृदेश धामी र टीकापुर नगरपालिकाका निर्मला चौधरीले पूर्वानुमानमा आधारित पूर्वकार्य प्रविधिबारे प्रस्तुत गर्नुभएको थियो । सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ठ अतिथी समेत रहनुभएका सुदूरपश्चिम प्रदेश सभा सामाजिक विकास समितिका सभापति प्रदेश सभा सदस्य धर्मराज पाठक, सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा. कमल प्रसाद पोख्रेल, पूर्व सचिव केदार न्यौपाने, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु लगायतले धारणा राख्नुभएको थियो ।
कार्यक्रमको उदेश्यमाथी सुर्यबहादुर थापाले प्रकास पार्नुभएको कार्यक्रममा स्वागत डिपिनेट सुदूरपश्चिम प्रदेशका अध्यक्ष शेरबहादुर बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा मौसम पूर्वानुमानका संयन्त्र, पूर्व सूचना तथ्याङ्क, बाढी पूर्वानुमान, पूर्व सूचना केन्द्र , दैनिक मौसम पूर्वानुमान,३ दिने मौसम पूर्वानुमान र पाक्षिक मौसम पूर्वानुमानको महत्व र प्रभावकारिता सँगै कार्यान्वयनको पाटोबारे छलफल गरिएको थियो।