सभामुख भण्डारीका नीजि सुरक्षा गार्ड सई बोहराको दुर्घटनामा मृत्यु

धनगढी, १९ फागुन/सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीका सुरक्षाकर्मी (पीएसओ) सई योगेन्द्र बोहराको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । बझाङको मस्टा गाउँपालिका–७ घर भएका ३४ वर्षीय प्रहरी नायव निरीक्षक योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
लामो समयदेखि सभामुख भण्डारीको सुरक्षा गार्डको रुपम कार्यरत बोहराको सोमबार धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका–२ दुर्घटनामा मृत्यु भएको हो। बोहरा सवार सु.प.। ०१–००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया