नर सेवा चैरिटेबल ट्रस्टले अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य उपचार गर्दै

पलिया, १९ फागुन/नर सेवा चैरिटेबल ट्रस्टले अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । भारत सरकारबाट मान्यता प्राप्त नर सेवा चैरिटेबल ट्रस्टले उपलब्ध गराएको निशुल्क स्वास्थ्य सेवा कार्ड उपलब्ध गराएको अति विपन्न परिवारलाई निशुुल्क स्वास्थ्य सेवा दिने भएको हो ।
ट्रस्टले पहिलो चरणमा ५ सय परिवालाई निशुल्क स्वास्थ्य सेवा दिने लक्ष राखेकोमा हिजो एक कार्यक्रमका बिच एक सय ३ परिवारलाई निशुल्क स्वास्थ्य सेवा कार्ड वितरण गरेको छ । निशुल्क स्वास्थ्य सेवा कार्ड प्राप्त गरेका परिवारका सदस्यहरुले पलिया कलाँ (खीरी) मा रहेको सफल हाँस्पिटलबाट त्यहाँ उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा निशुल्क रुपमा उपलब्ध हुने नर सेवा चैरिटेबल ट्रस्टका मुख्य ट्रस्टी डाक्टर टेकबहादुर सिंहले बताउनुभयो ।

‘हरेक ग्राम सभाबाट अति विपन्न ५ परिवारलाई जसले पैसा अभावमा उपचार गराउन सकिरहेका छैनन् । उपचार गराउन नपाउँदा उहाँहरु पीडामा छन्’ मुख्य ट्रस्टी डा. टेकबहादुर सिंहले भन्नुभयो, ‘जसले नर सेवा चैरिटेबलबाट निशुल्क स्वास्थ्य सेवा कार्ड पाउनुभएको छ उहाँहरुलाई सफल अस्पतालबाट निशुल्क उपचार गरिनेछ ।’ डाक्टर टेकबहादुर सिंहले भन्नुभयो, ‘पहिलो चरणमा ५ सय परिवारलाई निशुल्क स्वास्थ्य कार्ड वितरण गर्ने योजना थियो । पहिलो दिन १ सय ३ कार्ड वितरण गरियो । कार्ड परिवारलाई दिइन्छ । परिवारभित्र जति पनि सदस्य हुनसक्छन् । संस्था अगाडि बढ्दै जान्छ हामी संख्या बढाउँदै लैजान्छौ ।’ ‘जो आर्थिक रुपले विपन्न छन्, घरमा कमाउने मान्छे छैन, जो अपांग छ, एक महिला छ, बृद्ध छन्, जो वास्तवमै समस्यामा छन् उहाँहरुलाई पूर्ण रुपमा निशुल्क स्वास्थ्य सेवा दिनेछौं’ सिंहले भन्नुभयो, ‘जसले कार्ड पाएको छैन उहाँहरुलाई पनि न्यू शुल्कमा उपचार गर्नेछौ ।’

 

तपाईको प्रतिक्रिया