पुरानो खानेपानी रोडमा अतिथि पाहुना घर

धनगढी, १८ फागुन/कैलाली सदरमुकाम धनगढीमा अतिथि पाहुना घर रेष्टूरेन्ट एण्ड लज सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४, पुरानो खानेपानी रोडमा अतिथि पाहुना घर रेष्टूरेन्ट एण्ड लज सञ्चालनमा आएको हो । पूर्व वन तथा वातावरण मन्त्री नारदमुनी रानाले पाहुना घर रेष्टूरेन्ट एण्ड लजको उद्घाटन गर्नुभयो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का बलबहादुर महरा र हिरादेवी चौधरीले अतिथि पाहुना घर रेष्टूरेन्ट एण्ड लज सञ्चालनमा ल्याउनुभएको हो । थारु परिकारका साथै ग्राहकले खान रुचाउने सबै परिकारको व्यवस्था रहेको पाहुना घरमा ५० जना अट्ने मिटिङ्ग हलको समेत व्यवस्था रहेको छ । ४ कोठा एसीसहितको अटैच वाथरुम र २ कोठा नन एसी सुत्ने कोठाको व्यवस्था रहेको पाहुना घरमा खानका लागि छुट्टाछुट्टै रुमका साथै क्याविनको व्यवस्था रहेको संचालक हिरादेवी चौधरीले बताउनुभयो । ३० लाख बढी मूल्य खर्च गरेर सञ्चालनमा ल्याइएको पाहुना घरमा पारिवारीक वातावरणमा खान मिल्ने सुविधा रहेको संचालक चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया