धनगढी, १७ फागुन/नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको सभापतिमा लोकराज जोशी निर्वाचित भएका छन । सोसाइटीको ४९ औं साधारण सभाले भट्टलाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । जोशी यस अघि सोसाइटीको मन्त्री थिए ।
जोशीसंग कैलाली रेडक्रसको महिला उपाध्यक्षमा दीपा बडायक, मन्त्रीमा राकेश हमाल, कोषाध्यक्षमा गोबिन्द प्रसाद जोशी, उपमन्त्री भिम बहादुर महर र उपकोषाध्यक्षमा रंगप्रसाद तिमिल्सिनिना निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकृत खडक बहादुर खडकाले बताए ।
त्यस्तै रेडक्रसको उपसभापति र १० खुल्ला सदस्यका लागि भने निर्वाचन भएको निर्वाचन अधिकृत खड्काले बताए । उपसभापतिमा बल बहादुर रावल निर्वाचित भएका छन । रावलले जगदिश्वर पण्डितलाई पराजित गरेका छन ।
यस्तै, सदस्यहरुमा छत्रबहादुर बम, धौलि कुमारी जोशी, मिनाकुमारी साउद, टोपबहादुर केसी, मीनाकुमारी चौधरी, धर्मराज जोशी, पुस्करबहादुर मल्ल, तारा साउद, दिनेशकुमार लामिछाने र सुरतबहादुर स्वाँर निर्वाचित भएको निर्वाचन अधिकृत खड्काले बताए । यस अघि निबर्तमान सभापति बासुदेव बिनाडीको अध्यक्षतामा भएको संघको साधारण सभाको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले उद्घाटन गरेका थिए ।