ग्यालेक्सीको आयोजनामा धनगढीमा बिजनेस क्विज हुने

धनगढी, १३ फागुन/धनगढीस्थित ग्यालेक्सी मल्टिपल कलेजले व्यवस्थापन संकायका विद्यार्थीहरूका लागि दोस्रो संस्करणको बिजनेस क्विज प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताले विद्यार्थीहरूले अध्ययन गरेका विषयहरूको व्यवहारिक पक्षलाई परीक्षण गर्न सहयोग पुग्ने कलेजका प्रमुख जेडी भट्टले बताउनुभयो ।
कलेजका प्रमुख जेडी भट्टका अनुसार बिजनेस क्विजमा व्यवस्थापन संकायका विद्यार्थीहरूले अध्ययन गर्ने फाइनान्स, इकोनोमिक्स, एकाउन्ट जस्ता विषयहरूसँग सम्बन्धित रहनेछ छन् । क्वीजले विद्यार्थीहरूले पढेका विषयबस्तु व्यवहारिक रूपमा बुझ्न सकेका छन् कि छैनन् भन्ने मूल्यांकन गर्न सहयोग पुग्नेछ प्रमुख भट्टले बताउनुभयो । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू सहभागी हुने प्रतियोगितामा १५ देखि २० टिम सहभागी हुनेछन् । फागुन २० गते हुने प्रतियोगितामा प्रथम, दृतिय र तृतिय स्थान हासिल गर्ने टिमलाई क्रमस ८ हजार, ६ हजार र ४ हजार नगद तथा प्रमाणपत्र दिइने भट्टले बताउनुभयो ।

तपाईको प्रतिक्रिया