नेपाल मगर विद्यार्थी संघ : कैलाली जिल्ला अध्यक्षमा किरण , कैलाली बहुमुखी क्याम्पस अध्यक्षमा पुष्पाञ्जली

धनगढी, ११ फागुन/नेपाल मगर विद्यार्थी सँघ कैलाली जिल्ला १७ औं जिल्ला अधिवेशन र नेपाल मगर विद्यार्थी संघ कैलाली बहुमुखी क्याम्पसको ८ औं अधिवेशन सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका–५, तारानगरस्थित थारु देउथानको सभा हलमा भएको अधिवेशनबाट नेपाल मगर विद्यार्थी सँघ कैलालीको अध्यक्षमा किरण आले मगर निर्वाचित हुनुभएको छ भने नेपाल मगर विद्यार्थी संघ कैलाली बहुमुखी क्याम्पसको अध्यक्षमा पुष्पाञ्जली बुढा मगर निर्वाचित हुनुभएको छ । आले मगरको अध्यक्षतामा ३५ सदस्यीय समिति बनेको छ भने बुढा मगरको अध्यक्षतामा १५ सदस्यीय समिति बनेको छ ।


नेपाल मगर विद्यार्थी सँघ कैलालीको उपाध्यक्षमा दिव्य थापा मगर, सचिवमा प्रमेश डम्मरपाल मगर, सह–सचिवमा चमेली थापा मगर र कोषाध्यक्षमा बिन्दु थापा मगर निर्वाचित हुनुभएको छ । यस्तै, समितिको सदस्यहरुमा किरण बुचा मगर, चांदनी थापा मगर, जेनिशा राना मगर, भूमिका राना मगर, करण पुन मगर, सम्झना तारामी मगर, दीपक पुन मगर, किरण रोका मगर, दिनेश पुन मगर, पर्वत बुढा मगर, दीपा बुढा मगर, सुनिता पुन मगर, पुष्पा पुन मगर, दिक्षा थापा मगर, लक्ष्मी घर्ती मगर, हिर सिङ्ग थापा मगर, रबिन घर्ती मगर, हिमाल तारामी मगर, गणेश मास्की मगर, शेखर मास्की मगर, सुमित्रा सिजापति मगर, आशिष पुन मगर, टिकासरी मगर, रेश्मा पुन मगर, अस्मिता थापा मगर, सृजना नामजाली मगर, कविता राना मगर, ललिता बुचा मगर, रमिता बाठा मगर रहनुभएको छ ।

तपाईको प्रतिक्रिया