धनगढी, १० फागुन/हिल वर्ल्ड इङ्गलिस बोर्डिङ्ग हाई स्कूलले भोली (आइतबार) २० औं वार्षिकोत्सव मनाउने तयारीमा जुटेको छ । धनगढी उपमहानगरपालिका–१ बुद्धमार्गमा रहेको स्कूलले आज (शनिबार) पत्रकार सम्मेलनको आयोजना गर्दै भोलीको कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । २ बैशाख, २०६१ सालमा स्थापना भएको स्कूलले भोली २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन लागेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर बमले स्कूलले आफ्नो वार्षिकोत्सव भव्य कार्यक्रमका बिच मनाउन गइरहेको बताए । अध्यक्ष बमले ३५ जना विद्यार्थीबाट सुरु भएको स्कूलमा अहिले ५ सय ५० जना विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो । स्कूलले समय सापेक्ष, व्यवहारिक र गुणस्तरीय शिक्षा दिईरहकोले अभिभावकको रोजाइमा पर्न सफल भएको उनले बताए ।
स्कूलका प्रिन्सिपल डि.आर शर्माले अभिभावकको माया र विश्वासले कक्षा ८ को जिल्ला स्तरीय र एसइइ परीक्षामा उल्लेख्य र प्रभावकारी नतिजा ल्याएको बताए । ‘यस विद्यालयबाट उत्पादित भएका विद्यार्थी अहिले डाक्टर, इन्जिनियर, सीएसम्म भएका छन्’ उनले भने, ‘हामीले राष्ट्रका लागि उत्पादन गरेका जनशक्ति प्रति गर्व गछौं ।’