सुदूरपश्चिम प्रदेशमा मानव अधिकार

धनगढी, ७ फागुन/सुदूरपश्चिम प्रदेशमा सन् २०२४ मा मानव अधिकार उल्लघंन र ज्यादतीका एक हजार ८१ घटना भएका छन् । सो घटनामा एक हजार ९९ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश संयोजक खडकराज जोशीले मानवअधिकार सल्लघंनका ११ घटनामा एक महिलासहित ११ जना पीडित तथा ज्यादतीका एक हजार ७० घटनामा एक हजार ५४ जना महिला र ३४ जना पुरुष गरेर एक हजार ८८ जना पीडित भएको बताउनुभयो । प्रदेश संयोजक खडकराज जोशीका अनुसार यो संख्या गत वर्षभन्दा एक सय २ जनाले कमी हो ।
यस वर्ष राज्य पक्षबाट कुटपिटका घटनामा २ जना, गिरफ्तारीका घटनामा ६ जना, जेलमा मृत्यु घटनामा एक जना, हिरासतमा मृत्यु घटनामा र अमानवीय व्यवहार घटनामा एक जना पीडित भएका छन् । अन्य पक्षबाट एक हजार ५४ महिलासहित एक हजार ८८ जना पीडित भएका छन् । यस वर्ष महिलामाथि हुने हिंसाका घटनामा ९४७ जना पीडित भएका छन । घरेलु हिंसामा ८३२, बलात्कारमा ६३, बलात्कार प्रयासमा १३, यौन दुव्र्यवहारमा ४, बलात्कारपछि हत्या घटनामा १, सामूहिक बलात्कार घटनामा ५, वैवाहिक बलात्कारमा घटनामा ११ जना, बेचबिखन तथा ओसारपोसार प्रयासमा २ जना, बेचबिखन तथा ओसारपोसार घटनामा ५ जना, साइबर अपराधमा २ जना, बोक्सी आरोपमा २ जना र परिवारजनबाट हत्या घटनामा ७ जना महिला मारिएका छन् ।
संयोजक जोशीका अनुसार बाल अधिकार उल्लङ्घनका घटनामा १०५ जना पीडित भएका छन । बलात्कारमा ५८, सामूहिक बलात्कारमा ६, यौन दुव्र्यवहारमा २४, बलात्कारपछि हत्या घटनामा १, व्यभिचारमा ८, बालविवाहमा २, बेचबिखन तथा ओसारपोसार घटनामा ४, शारीरिक यातना घटनामा २ जना र जातिय विभेदका घटनामा यस वर्ष एकजना महिलासहित तीन जना पीडित भएका छन्।

तपाईको प्रतिक्रिया