धनगढी, ७ फागुन/आज धनगढीमा ५ घण्टा विधुुत अवरुद्ध हुने भएको छ । नेपाल विधुत प्राधिकरण धनगढी वितरण केन्द्रले एक सूचना प्रकाशित गर्दै आज विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म धनगढी वितरण केन्द्र अन्तर्गत सम्पूर्ण लाईन अवरुद्ध हुने जनाएको छ ।
धनगढी वितरण केन्द्रले प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘धनगढी वितरण केन्द्र अन्तर्गतको सवस्टेशनमा जडान गरिएको क्यापेसिटर बैंक परिक्षण/कमीशनिंग कार्यका लागि फागुन ७ गते बुधबार विहान ११ बजेदेखि ४ बजेसम्म नेपाल विधुत प्राधिकरण अत्तरिया ग्रिड महाशाखाबाट धनगढी वितरण केन्द्रसम्म आएको ३३ के.भि. को सम्पूर्ण लाईन अवरुद्ध हुने व्यहोरा अनुरोध छ ।’ सूचनामा भनिएको छ सो कार्य निर्धारित समयभन्दा केही समय अगाडि/पछाडि पन सूचारु हुन सक्नेछ ।