डडेल्धुरा, ३ फागुन/तीन दिनदेखि बेपत्ता डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत फेला परेका छन् । अमरगढी नगरपालिका– २ कुस्माली भन्ने ठाउँमा शनिबार अपराह्न जोशीको शव भेटिएको प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रहरी निरीक्षक बमका अनुसार अमरगढी नगरपालिका– २ भेल घर भएका जोशी १ फागुनको बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए । तीन दिनपछि जोशी मृत फेला परेका हुन् ।