चैतन्यको २४औँ वार्षिकोत्सव

धनगढी, फागुन ३/धनगढी उपमहानगरपालिका–५ शिवनगरमा रहेको चैतन्य पाठशालाले २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । ‘शिक्षा र संस्कारको संगम’ भन्ने भावलाई आत्मसाथ गर्दै शैक्षिक उन्नयनमा सक्रिय चैतन्यलेशनिबार आफ्नै प्राङ्गणमा एक भव्य समारोहको आयोजना वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।
वार्षिकोत्सवको अवसरमा पाठशालाले मानव जीवनका बहुआयामिक पक्षहरूमा सकारात्मक योगदान पुर्याउनु हुने करिब दुई सय बढी व्यक्तित्वहरूलाई सम्मान गरेको छ । यसमध्ये तीन जनालाई नगद एक लाखको पुरस्कार राशीले सम्मान गरिएको छ । जसमा ५० हजार नगद राशीको चैतन्य बिशिष्ट खेलकुद प्रतिभा पुरस्कारबाट क्रिकेटर स्नेहा महरा सम्मानित भएकी छन् ।
यस्तै शिक्षासेवी ऐश्वर्य बहुमुखी क्याम्पसका प्राचार्य प्रेमनिधि ओझालाई नगद २५ रुपैयाँ राशीको शिक्षा साधना पुरस्कारबाट सम्मान गरिएको छ भने २५ हजार नगद राशीकै कला–संस्कृति तथा साहित्य साधना पुरस्कारबाट देउडा गायक तथा साहित्यकार यज्ञराज उपाध्याय सम्मानित भएका छन् । वर्षभरि विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान, पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो ।
विभिन्न विधामा सर्वोत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र छात्रवृति घोषणा गरिएको छ । सोही अवसरमा दुईवटा सामुदायिक विद्यालयहरूलाई ल्यापटप समेत वितरण गरिएको छ । वार्षिकोत्सव कार्यक्रममा विद्यार्थी, वाल कलाकार, अभिभावक, शिक्षकलगायतले पनि प्रस्तुति राखेका थिए । शिक्षक अभिभावक संघका अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा प्रमुख अतिथी रहेका थिए ।

तपाईको प्रतिक्रिया