गुलावको फूल टिपेर होइन्, बोट रोपेर मनाइयो टीकापुरमा भ्यालेन्टाइन डे

टीकापुर, ३ फागुन/फेब्रुअरी १४ अर्थात फागुन २ गते भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसका दिन विश्वले गुलाफको फूल चुडालेर एक अर्कालाई प्रेम रुपी सद्भाव साटेर भ्यालेन्टइन डे मनाइरहदा कैलालीमा भने गुलाफको फूलको बोट रोपिएको छ । भ्यालेन्टाइन डे लाई पर्यावरण जगेर्ना गर्न तथा टीकापुर नगरलाई सौदर्य गुलावी शरहका रुपमा विश्व सामु चिनाउन फागुन २ गते लाई गुलाव रोप्ने दिनको रुपमा मनाइएको हो। भ्यालेन्टाइन डे लाई पर्यावरण जगेर्ना गर्न तथा टीकापुर नगरलाई सौदर्य गुलावी शरहका रुपमा विश्व सामु चिनाउन फागुन २ गते लाई गुलाव रोप्ने दिनको रुपमा मनाइएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले औपचारिक कार्यक्रमका बीच गुलाव रोपेर अभियानको शुभारम्भ गर्नुभयो । मन्त्री चौधरीले बजारलाई गुलाफले रंगाउने अभियान सुरु गरेर टीकापुर पार्कलाई उपेक्षा नगर्न आग्रह गर्दै पार्कलाई अझै सबल रुपमा अगाडी लैजान सुझाव दिनुभयो । मन्त्री चौधरीले टीकापुरलाई गुलाफको शहर बनाउदै गर्दा यहाँ एउटा चोकलाई गुलाफ चोक भनेर नामाकरण गर्नुपर्ने भन्दै नगरपालिका यस सम्बन्धी आवश्यक नीति बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो । मन्त्री चौधरीले आफ्नो मन्त्रालयको तर्फबाट फूल दिने वा अन्य किसिमका १० हजार वा आवश्यकता अनुसार त्यो भन्दा बढी बोटबिरुवा नगरपालिकालाई उपलब्ध गराउने प्रतिबद्धता गर्नुभयो । उहाँले अभियानलाई आफुले तन, मन र धनले सहयोग गर्ने बताउनुभयो ।
प्रदेश सभा सदस्य ललिता सुनारले प्रेम दिवसका दिन सुरु गरिएको यो अभियानमा सबैलाई जोडिन आग्रह गर्नुभयो । विगतमा पार्कमा जाँदा ५२ प्रकारका गुलाफहरु देखेकोमा पुनः पहिले जस्तै थुप्रै प्रकारका गुलाफहरु पार्कमा रोप्न नगरपालिकालाई आग्रह गर्नुभयो ।


टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले टीकापुरमा नयाँ किसिमको पहिचान झल्काउने, टीकापुरलाई संसारभर चिनाउने र स्वर्गीय खडकबहादुर सिंहको टीकापुरलाई सुन्दर बनाउने सपना साकार पार्ने मुल मर्मका साथ गुलाफ सिटीको परिकल्पना गरिएको बताउनुभयो । उहाँले विगतको जस्तो टीकापुर नभएर सुन्दर, स्मार्ट, ग्रीन र गुलाफमय टीकापुर बनाउन लागिरहेको बताउनुभयो ।
मेयर थारुको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन समारोहमा भागवत भूषण नारायण तिमिल्सिना, सिद्धार्थ ग्रुपका सिइओ कृष्ण न्यौपाने, समाजसेवी एवं व्यवसायी टिकाराम जैशीले शुभकामना मन्तव्य राख्नुभएको थियो । हरियाली वृक्षारोपणका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र धनगढीले पाँच लाख आर्थिक सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया