वार्षिकोत्सवको पूर्व सन्ध्यामा चैतन्यको विविध कार्यक्रम

धनगढी, १ फागुन/कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले वार्षिकोत्सवको पूर्व सन्ध्यामा विविध कार्यक्रमको आयोजना गरेको छ । धनगढी उपमहानगरपालिका–५, शिवनगरमा रहेको चैतन्य पाठशालाले वार्षिकोत्सवको पूर्व सन्ध्यामा आँखा जाँच, दन्त तथा प्राथमिक स्वास्थ्य, रक्तदानका साथै सरसफाई कार्यक्रमको आयोजना गरेको हो ।
चैतन्य पाठशालाले यहि फागुन ३ गते आफ्नो २४ औं वार्षिकोत्सव मनाउने तयारीमा छ । चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले पाठशालाको २४ औं वार्षिकोत्सवको अवसरमा आँखा जाँच, दन्त तथा प्राथमिक स्वास्थ्य, रक्तदानका साथै सरसफाई लगायतको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । शिविरमा स्थानीय, अभिभावक तथा बालबालिकाहरुले परिक्षण गराएको अध्यक्ष जोशीले बताउनुभयो ।


कान्तिपुर होम एण्ड इन्स्टिच्युटका डाक्टर ऋतुराज खड्काले शिविरमा २ सय १० बढीले सेवा लिएको बताउनुभयो । दन्त परिक्षण गराउने अधिकांसको दातमा किरा लागेको भेटिएको उहाँले बताउनुभयो ।
सुदृष्टि आँखा केन्द्रका वरिष्ठ दृष्टि विषशेज्ञ सावित्री भट्टले शिविरमा एक सय ३५ जनाले आँखा चेकजाँच गरेको बताउनुभयो । उहाँले चेकजाँचमा आएका मध्ये ८० प्रतिशतले चश्मा लगाउनुपर्ने भेटिएको बताउनुभयो । शिविरमा १५ प्वाइन्ट रगत संकलन भएको रेडक्रसले जनाएको छ ।


दन्त परिक्षणमा कान्तिपुर होम एण्ड इन्स्टिच्युट, आँखा परिक्षणमा सुदृष्टि आँखा केन्द्र, प्राथमिक स्वास्थ्य परिक्षणमा रुमिना फार्मेसी एण्ड क्लिनिक र रक्तदान शिविरमा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र धनगले गरेको थियो ।

तपाईको प्रतिक्रिया