धनगढी, २९ माघ/सोमबार डम्बरबहादुर साउँदको मृत्यु भयो । मंगलबार शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ का जनप्रतिनीधिहरुको टोली घरमै पुग्यों । मृतकका छोरा जगतबहादुर साउँदलाई मृत्यु दर्ता प्रमाणपत्र हस्तान्तरण गरे । वडा अध्यक्ष रमेशबहादुर ऐरसहितको टोली साउँदको घरमै पुगेर मृतकका छोरा साउँदलाई मृत्यु दर्ता प्रमाणपत्र हस्तान्तरण गरे । शोकमा रहेका परिवारलाई प्रशासनिक झंझाटबाट राहत दिन घरमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र दिने व्यवस्था मिलाइएको वडा अध्यक्ष ऐरले बताए । वडावासीको मृत्यु भएको जानकारी प्राप्त हुने बित्तिकै वडा कार्यालयको टोली सम्बन्धित व्याक्तिको घरमै पुगेर प्रमाणपत्र वितरण गर्ने अध्यक्ष ऐरले बताए । ‘हामी वडा कार्यालयबाट प्रदान गरिने हरेक सेवालाई घरमै पुगाउने योजनाका साथ काम गरिहेका छौं, अध्यक्ष ऐरले भने, ‘हामी निर्वाचित भएदेखि वडावासीका आवश्यकताहरुलाई प्राथमिकता दिएर काम गरिरहेका छौं।’ मंगलबार वडा अध्यक्ष ऐरको अध्यक्षतामा बसेको वडा कार्य समितिको बैठकले वडा नम्बर ९ मा बसोबास गर्ने नेपाली नागरिकको मृत्यु भएको सूचना प्राप्त भए पश्चात मृत्यु दर्ता प्रमाणपत्र मृतकका परिवारका सदस्यलाई घरमै उपलब्ध गराउने निर्णय गरेको छ ।