धनगढी, १९ माघ/पत्रकार दीर्घराज उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको आज धनगढीमा विमोचन गरिएको छ । साहित्यकार डा. नवराज लम्साल, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. हेमराज पन्त, सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक, साहित्यकार श्रेष्ठ प्रिया पत्थर र ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश जोशीले संयुक्त रुपमा कविता सङ्ग्रहको विमोचन गर्नुभएको हो । ऐश्वर्य प्रकाशनको आयोजनामा आयोजित विमोचन कार्यक्रममा शुभकामना मन्तव्य दिदैं साहित्यकार लम्सालले कोरोना महामारी र द्वन्द्वको क्रममा देखिएका आक्रोस र पीडा कविता सङ्ग्रह समेटिएको बताउनुभयो ।विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. पन्तले समाजमा भएका विकृति कवितामा समेटिएको बताउनुभयो ।
पत्रकार उपाध्यायले गत भदौमा मात्रै द्वन्द्व पत्रकारिताको एक दशक नामक कृति बजारमा ल्याउनु भएको थियो । कोभिड महामारी र द्वन्द्वको क्रममा जे भए त्यसमा आधारित भएर कविता सङ्ग्रह सृजना गरेको लेखक उपाध्यायले बताउनुभयो ।