स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ, २७ माघ/काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आज दिउँदो स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका चालक रामकृष्ण थापा मगर र ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन् ।
भन्ज्याङ भन्ने ठाउँमा बा१क ५६६४ नम्बरको जुनकिरी इङ्लिस स्कुलको बस दुर्घटना हुँदा ४१ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले जानकारी दिए । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया