धनगढी, २४ माघ/मातृभूमि जागरण अभियानका प्रस्तावक डा. भिम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने भएका छन् । दलविहीन भएपछि मातृभूमि जागरण अभियान संचालन गरिरहेका डा. भीम रावल ४ माघदेखि गृहप्रदेश सुदूरपश्चिममा छन् । दुई साता गृहजिल्ला अछाम बसेका उनले त्यहाँ वडा र विभिन्न पालिकामा मातृभूमि जागरण अभियानको तदर्थ समिती गठन गरेका थिए।
२० माघदेखि भने रावल धनगढीमा छन् । सोही क्रममा रावलले २६ माघमा धनगढीमा जागरण भेला गर्ने जानकारी दिएका छन् । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डा. रावलले कैलाली र कंचनपुरको जागरण भेला शनिबार २६ गते हुने बताए । भेलामा जुनसुकै पार्टीमा आवद्ध रहेका देशभक्त नागरिकलाई उपस्थितिका लागि उनले आह्वान गरेका छन् ।