धनगढी, २३ माघ/माघ २८ गतेदेखि फागुन २ गतेसम्म आयोजना हुने दशौं बृहत राष्ट्रिय प्रदेश छनौट प्रतियोगिताको तयारी पूरा भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । छनौट प्रतियोगिता कैलाली र कञ्चनपुरमा हुने आयोजकले जनाएको छ । सुदुरपश्चिम प्रदेश ३१ वटा खेलमा सहभागी हुने जनाइएको छ । महिला र पुरुष गरी ६१ वटा खेल हुने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत हक्की, शारीरीक सुगठन, फेन्सिङ, सेपाकताक्रो, सफ्ट टेनिस, पौडी, आर्चरी, साईकिलिङ, लन टेनिस र जिम्न्याष्टिक खेल सोझै राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुनेछन् । जसको छनौट धनगढी र कञ्चनपुरमा हुनेछन् । बास्केटबल महिला, कुस्ती, आई.टि.एफ तेक्वाण्दो, सुटिङ्ग, जुडो, रग्बी, भारत्तोलन, ह्याण्डबल महिला खेल सुदूरपश्चिम प्रदेश स्तरिय छनौट प्रतियोगिता हुनेछन् । यी खेलहरुको छनौट पनि कैलाली र कञ्चनपुरमा हुनेछन् । यस्तै, फुटबल र भलिबल महिला/पुरुष, एथलेटिक्स, क्रिकेट महिला/पुरुष, कबड्डी महिला/पुरुष, बास्केटबल पुरुष, ह्याण्डबल पुरुष, ब्याडमिन्टन महिला/पुरुष, टेबल टेनिस महिला/पुरुष, बुद्धिचाल महिला/पुरुष, बक्सींङ्ग, उसु, तेक्वान्दो, कराते, खो खो र फकन्ट्याक्ट कराते सुदूरपश्चिम प्रदेश स्तरिय प्रतियोगिता हुनेछन् । यी छनौट प्रतियोगिता पनि कैलाली र कञ्चनपुरमा हुने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिनुभयो । छनौट प्रतियोगितामा ३ सय २२ वटा प्रथम मेडल, द्धितिय ३ सय २० र तृतिय ४ सय ५६ गरी १ हजार १ सय ९८ जम्मा मेडल सख्यां रहने उनले बताए । सुदुरपश्चिमबाट छनौट भएर ७ सय ७६ जना खेलाडी र ४ सय ५० जना रेफ्री राष्ट्रिय खेलकुदका लागी जाने छन् । छनौट प्रतियोगितामा २ हजार ८ सय खेलाडी सहभागी हुने सिहंले बताए ।