जन्मदिनको अवसरमा मानव सेवा र दृष्टि फाउण्डेसनलाई सहयोग

धनगढी २१ माघ/धनगढीका नरेश कुँवरले आफ्नो जन्मदिनको अवसरमा नगद तथा खाद्यान्न बितरण गरेका छन् । लाइन्स क्लब धनगढी नैनादेवीका सदस्य व्यापारी कुँवरले ३९ औं जन्मदिनको अवसरमा मानवसेवा आश्रम र दृष्टि फाउण्डेशन नेपाललाई नगद तथा खाद्यान्न बितरण गरेका हुन् ।
लाइन्स क्लब धनगढी नैनादेवीको आयोजना तथा लायन नरेश कुँवरको प्रायोजनामा मानवसेवा आश्रम र दृष्टि फाउण्डेशन नेपाललाई नगद ७६ हजार तथा एक लाख ३५ हजार बराबरको खाद्यान्न बितरण गरेका हुन् ।
माघ २३ देखि ३० गतेसम्म भवन निर्माण सहयोगार्थ सञ्चालन हुने महायज्ञमा जन्मदिनको अवसर पारेर लायन्सको तर्फबाट नगद ५१ हजार समेत सहयोग गरिएको भुजनियाले जिकिर गरे ।
सामाजिक कार्य गर्दा आफुलाई खुशी लाग्ने बताउदै समाजसेवी कुँवरले घरपरिवार र साथीहरु माझ सीमित रहेर जन्मोत्सव मनाउनुभन्दा सानो र थोरै भएपनि अरुलाई सहयोग गरेर आफ्नो जन्मोत्सव मनाउन पाउँदा निकै खुशी लागेको बताए ।

 

तपाईको प्रतिक्रिया