धनगढी, १७ माघ/यही माघ १९ गतेबाट धनगढीमा आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टिम घोषणा गरिएको छ। बैतडीको दशरथ चन्द एकेडेमी बैतडीले भुवन कार्कीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। विभिन्न उमेर समुहका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटर समावेश गरेर बैतडीले टीम घोषणा गरेको हो। टीममा विभागीय टिम एफिएफका खेलाडी अमर सिंह रौटेला सहित दिवान पुन, रुपेश सिंह, बसन्त खत्री, खड्क बोहोरा, दिपक बोहोरा रहेका छन्।
यसैगरी टीममा प्रदीप चन्द, हिमाल दौल्याल, जनक सुनार, दिपक चन्द, लोकेश चन्द, सुमीत बडाल र सल्लाउद्धिन खान बैतडीको टिममा रहेका छन्। बैतडीले माघ २० गते सिवाईसी अत्तरियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। माघ २२ गते न्यु होराईजन बुटबलसँग खेल्ने छ भने माघ २४ गते क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौंसँग प्रतिस्पर्धा गर्नेछ।