कैलालीका कडेँल अखिल क्रान्तीकारीको केन्द्रीय उपाध्यक्षमा निर्वाचित

धनगढी, १७ माघ/माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तीकारीको केन्द्रीय उपाध्यक्षमा कैलालीका उमेस कडेँल निर्वाचित भएका छन् । बुधबार सम्पन्न मतगणनाबाट कडेँल उपाध्यक्षमा निर्वाचित भएका हुन् । लामो समय कम्युनिस्ट बिद्यार्थी राजनितिमा सक्रिय कडेँल कैलालीको गौरिगगां नगरपालिकाका स्थाई बासिन्दा हुन् । क्रान्तीकारीको केन्द्रीय उपाध्यक्ष निर्वाचित भएसगैं कडेँलले यो आफ्नो मात्रै नभई देशभरीका क्रान्तीकारी बिद्यार्थीहरुको जित भएको बताएका छन् ।
‘प्रत्यक्ष निर्वाचन लडेर उपाध्यक्ष जितेको सुदुरपश्चिमबाट पहिलो हो’ उपाध्यक्ष कडेलले भने, ‘जहिले पनि सुदूरपश्चिमले कोटाको मात्रै पद लिएर बस्नुपर्ने अवस्थालाई चिर्दैै उपाध्यक्षमा निर्वाचित भएको छु । यहाँहरुको सल्लाह सुझाव लिएर अघी बढ्ने छु ।’
क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका थिए । सापकोटाले ६८६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाए । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि माघ १२ गते निर्वाचन भएको थियो ।
असोज १० देखि १५ गतेसम्म भएको क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा ३२ वर्ष उमेर हद लगाउने कि नलगाउने विषयमा विवादका कारण रोकिएको निर्वाचन चार महिनापछि सम्पन्न भएको छ । पुस १३ मा भएको उमेर हद खुला पक्षधर पराजित भएपछि ३२ वर्ष मुनिबाट आगामी २ वर्षका लागि संगठनको नेतृत्व हाँक्ने जिम्मेवारी सापकोटाको काँधमा आएको छ ।

तपाईको प्रतिक्रिया