१ किलो बढी चरेससहित युवती पक्राउ

कपिलवस्तु, १७ माघ/प्रहरीले कपिलवस्तुबाट चरेससहित एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश बस्ने ३० वर्षीय सरस्वती बिक छिन् । कृष्णनगर नगरपालिका वडा नम्बर–३ बाट पैदल हिँड्दै भारततर्फ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताए । आरोपीको साथबाट प्रहरीले १ किलो २५ ग्राम लागुऔषध चरेस बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया