धनगढीमा मनायो दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीले सहिद दिवस

धनगढी, १६ माघ/दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीले सहिद दिवस मनाएको छ । विद्यार्थी समाजले धनगढीको सहिद गेटमा रहेको सहिद दशरथ चन्दको सालिकमा माल्यार्पण, दीप प्रज्वलन तथा सहिद प्रति समर्पित रचना वाचन गर्दै सहिद दिवस मनाएको हो ।
विद्यार्थी समाजको नामाकरण सहिदकै नामबाट नामाकरण गरिएकाले सहिद दिवस दशरथ चन्द बैतडी समाज कैलालीका लागि महत्वपूर्ण दिन भएकाले विगतदेखि सहिद दिवस मनाउँदै आएको समाजका निवर्तमान अध्यक्ष चेतन विक्रम चन्दले बताए ।


दिवस मनाउन दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीका पदाधिकारी, निवर्तमान पदाधिकारी लगायत शुभचिन्तकको उल्यख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया