कञ्चनपुर, १६ माघ/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कञ्चनपुर जिल्लाको अधिवेशन भएको छ । जिल्लाको झलारीमा भएको फोनिज कञ्चनपुरको छैठौं जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनबाट डि वी कुश्मीको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । कुश्मी अध्यक्षमा पुनः निर्विरोध निर्वाचन हुनु भएको हो ।
जिल्ला समितिको उपाध्यक्षमा नरेश राना, सचिवमा सुरत थारु, कोषाध्यक्षमा पुजा डगौंरा र सह–सचिवमा अरुण डगौंरा निर्वाचित भएका छन् । यस्तै, सदस्यमा सरिता चौधरी, अशोक चौधरी, खुशीराम चौधरी, भुवनेश्वरी राना र सिमा गुरुङ्ग चयन हुनु भएको छ । एक जना सदस्य अव बस्ने कार्य समितिको बैठकले मनोनित गर्नेछ ।
यसअघि भएको उद्घाटन समारोह डि.वी. कुश्मीको अध्यक्षतामा तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भिमबहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विशिष्ट अतिथि फोनिजका सुदूरपश्चिम प्रदेश अध्यक्ष लखन दहित, पूर्व केन्द्रीय सदस्य कुमारी लक्ष्मी चौधरी, पूर्व प्रदेश इन्चार्ज रामचन्द्र कुश्मी रहनुभएको थियो । कार्यक्रममा कञ्चनपुरमा कार्यरत आदिवासी जनजाति पत्रकारहरुको उपस्थिती रहेको थियो ।
अधिवेशनले चार जना प्रदेश प्रतिनीधि र तीन जना केन्द्रीय प्रतिनीधि समते छनौट गरेको छ । प्रदेश प्रतिनीधिमा चन्द्रीका चौधरी, दिनेश चौधरी, दानसिंह डगौंरा तथा केन्द्रीय प्रतिनीधिमा रामचन्द्र कुश्मी, कुमारी लक्ष्मी चौधरी र हेमन्ती चौधरीलाई छनौट गरेको छ ।