आजदेखि सरकारी कार्यालय अपराह्न ५ बजेसम्म

धनगढी, १६ माघ/आजदेखि देशभरका सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै माघ १६ गतेदेखि कार्यालय समय विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो ।
सरकारले गत कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो। वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन ।

तपाईको प्रतिक्रिया