धनगढी, १४ माघ/कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ६ बस्ने १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गाउँपालिकाको वडा नम्बर १ बस्ने १८ वर्षीय सुमन डगौरा र कुशल चौधरी रहेको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले बताए । उनीहरुलाई ईलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक बोहराले बताए । बोहराका अनुसार बलात्कारमा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने फरार रहेको बताए । १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी फरार रहेको उनले बताए । उनीहरू चारै जनाले मिलेर मंसिर २२ गते किशोरीमाथि सामूहिक बलात्कार गरेपनि ढिलोगरि प्रहरीलाई खबर आएको हो । उनीहरूविरूद्व जबरजस्तीकरणी शिर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।