फागुन ९ गतेदेखि फूलवारी महोत्सव हुने

धनगढी, १३ माघ/फूलवारी महोत्सव २०८१ हुने भएको छ । स्थानिय साहित्य, कला संस्कृति, कृषि उद्योग व्यापार प्रवद्र्धन गर्ने उदेश्यले फूलवारीमा फागुन ९ गतेदेखि महोत्सव हुने भएको हो । फूलवारी–११ स्पोट्स क्लवको आयोजनामा हुने महोत्सव १० दिनसम्म चल्नेछ । फूलवारीमा हुने यो महोत्सव पाँचौ संस्करण हो । आईतबार फूलवारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले सो जानकारी दिएको हो ।
बि.स. २०७३ सालदेखि फूलवारी–११ स्पोट्स क्लवले फूलवारीमा महोत्सव गर्दै आइरहेको छ । कोभिड–१९ का कारण केही वर्ष स्थगित भएको महोत्सव पुन यस वर्षदेखि आयोजना हुने भएको हो । डेढ सय जति स्टल रहने महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । झण्डै ५० लाख खर्च लाग्ने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजक फूलवारी–११ स्पोट्स क्लवका अध्यक्ष महेश गोले तामाङ्गले बताउनुभयो ।

तपाईको प्रतिक्रिया