फूलवारी जेसीजको १० औं पदस्थापन

धनगढी, १३ माघ/फूलवारी जेसीजको १० औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम भएको छ । फूलवारी जेसिज वर्ष २०२५ का नवनिर्वाचित पदाधिकारीको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम शनिबार फूलवारीमा भएको हो ।
यही मंसिर २३ गते भएको फूलवारी जेसिजको साधारण सभाबाट जेसिज २०२५ का लागि बिनोद जंग थापा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । महासचिवमा मनोज पुन मगर, कोषाध्यक्षमा सहेन्द्र चौधरी, उपाध्यक्षमा भेषराज जोशी र कानूनी परिषद्मा नन्द गोपाल राना  निर्वाचित हुनु भएको थियो ।

कार्यक्रममा हालै भारतमा सम्पन्न विश्वकप खोखो प्रतियोगिता २०२५ मा महिलातर्फ दोश्रो स्थान हासिल गर्ने नेपाल राष्ट्रको टोली सदस्य वर्षा पण्डितलाई सम्मानित गरिएको थियो । कार्यक्रम सुदूरपश्चिम प्रदेश सभा सदस्य सन्तोष शर्मा थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।

तपाईको प्रतिक्रिया